राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोडको ट्रेजरी बोलकबोल गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस १७ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिनेर ३६४ दिने गरी तीन किसिममा कूल २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो ।
बैंकको सूचना अनुसार कुल रकममध्ये ९१ दिने ट्रेजरीका लागि ७ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको हो भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनेका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र
ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस ८ गते १७ अर्ब ११करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशप्रति प्रेस चौतारीका अध्यक्ष बस्नेतको आपत्ति
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीमा पनि अलमल
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाका २ मन्त्रीलाई ह्विप
-
डन–३ को सुटिङ लोकेसन हेर्न लन्डन पुगे फरहान अख्तर, अगष्टपछि छायाङ्कन सुरु हुने
-
फ्राईडे रिलिज : देशभर ‘मनसरा’
-
युरोपा लिग फुटबल : बायर लेभसकुसेनले रोमालाई उसैको मैदानमा हरायो