बालकुमारी घटनाबारे जवाफ दिन राज्यव्यवस्था समितिले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाउने
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बालकुमारीमा भएको घटनाबारे जवाफ दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बैठकमा बोलाउने भएको छ । साथै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पनि बैठकमा बोलाउने भएको हो ।
आइतबार सार्वजनिक बिदा परेका कारण सोमबार बिहान साढे ८ बजे बैठक राखिएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘बालकुमारीमा दुई युवाको ज्यान जाने गरी गम्भीर किसिमको घटना भएको छ । त्यसबारे छलफलका लागि गृहमन्त्रीलाई फोन गरेको छु, दुवै प्रहरी संगठनका प्रमुखलाई पनि बैठकमा बोलाएको छु ।’
शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण