धरानमा कवि शिरोमणिको जन्मजयन्ती
धरान । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ ।
कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गर्नुभएको उल्लेख गर्दै उनले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए ।
कार्यक्रमका अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको बताए । त्यस्तै अर्का अतिथि प्राडा गोपाल भण्डारीले नेपाली साहित्याकासका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाएको बताए ।
उनका कवितामा मानव जीवनका विविध पक्ष समेटिएको उनले बताए । कार्यक्रममा प्राडा खेम दाहाल, प्राडा वंशीधर कट्टेलले कविशिरोमणिका विविध रचना वाचन गरेका थिए । आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताए । जन्मजयन्तीकै अवसरमा आगामी माघमा कविता प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
-
‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य
-
पूर्वाधारदेखि एआईसम्म : बजेटको प्रभावकारितामाथि सांसद खुश्बु ओलीले उठाइन् प्रश्न
-
१० बजे १० समाचार : पुँजीगत खर्च दयनीय, रास्वपा महाधिवेशनमा देखिएला चुनावी ‘साइड इफेक्ट’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण