मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार

मङ्गलबार, ०२ असार २०८३, १९ : २९
मङ्गलबार, ०२ असार २०८३

पोखरा । पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा हावाहुरी र छालका कारण बोट पल्टिँदा डुबेका दुई जना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीबाट खटिएको टोलीले मंगलबार कास्कीकाे पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरीले दुई वटा सर्फेस बोट पल्टिएका थिए । 

बाेट पल्टिँदा अलपत्र परेका भारतीय नागरिकहरूलाई फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा रहेको १० जनाको विपद् व्यवस्थापन टोलीले तत्कालै सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो।

सकुशल उद्धार गरिएका पर्यटकहरूमा भारत घर भई नेपाल घुम्न आएका ४० वर्षिय धीरज कोरवाल र वर्ष ३५ का विकास कोरवाल रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप