बढ्यो चुइगम आयात, ५ महिनामा २६ करोड बाहिरियो
आइतबार, १५ पुस २०८०, ११ : ३७
काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।
विभागले ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको तथ्यांक छ । यो चालू वर्षको तुलनामा कम हो ।
तथ्यांकअनुसार भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ । यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइगम भित्रिने गरेको छ । तर, न्यूनमात्रामा मात्रै भित्रने गरेको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण