शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी अछामबाट राष्ट्रियसभामा को–को भए सिफारिस ?

आइतबार, १५ पुस २०८०, १३ : ००
आइतबार, १५ पुस २०८०

काठमाडौँ । माघ ११ गते रिक्त स्थानमा हुने राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्र अछामबाट १३ जना सिफारिस भएका छन् । तीमध्ये तीन जना जिल्ला बाहिरका रहेका छन् । सिफारिस हुनेमा खुलातर्फ रामप्रसाद तिमिल्सिना, दिपकबहादुर साउद र अमरबहादुर विक रहेका छन् ।

महिलातर्फ सरस्वती रावल, टंककुमारी विक र शोधरा शाही सिफारिस भएकी छिन् । यस्तै घाइतेतर्फ दिपेन्द्रबहादुर रावल, दलबहादुर साउद र टेकबहादुर विक रहेका छन् । बुद्धिजीवीतर्फ बयलपाटा क्याम्पसका पूर्वक्याम्पस प्रमुख भरत स्वाँर सिफारिस भएका छन् ।
यसैगरी जिल्ला बाहिरका तीन जनाले पनि राष्ट्रियसभामा सिफारिस भएका छन् ।

चार महिने अभियानको क्रममा अछाम जिल्लामा क्रियाशील रहेका जंगबहादुर विक, सिद्धराज भाट डोटी र प्रकाश नेपाली कैलालीको नाम सिफारिस भएको इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिएका छन् । पुनका अनुसार अन्य ८ जिल्लाबाट पनि ३÷३ जना सिफारिस भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप