माओवादी अछामबाट राष्ट्रियसभामा को–को भए सिफारिस ?
काठमाडौँ । माघ ११ गते रिक्त स्थानमा हुने राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्र अछामबाट १३ जना सिफारिस भएका छन् । तीमध्ये तीन जना जिल्ला बाहिरका रहेका छन् । सिफारिस हुनेमा खुलातर्फ रामप्रसाद तिमिल्सिना, दिपकबहादुर साउद र अमरबहादुर विक रहेका छन् ।
महिलातर्फ सरस्वती रावल, टंककुमारी विक र शोधरा शाही सिफारिस भएकी छिन् । यस्तै घाइतेतर्फ दिपेन्द्रबहादुर रावल, दलबहादुर साउद र टेकबहादुर विक रहेका छन् । बुद्धिजीवीतर्फ बयलपाटा क्याम्पसका पूर्वक्याम्पस प्रमुख भरत स्वाँर सिफारिस भएका छन् ।
यसैगरी जिल्ला बाहिरका तीन जनाले पनि राष्ट्रियसभामा सिफारिस भएका छन् ।
चार महिने अभियानको क्रममा अछाम जिल्लामा क्रियाशील रहेका जंगबहादुर विक, सिद्धराज भाट डोटी र प्रकाश नेपाली कैलालीको नाम सिफारिस भएको इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिएका छन् । पुनका अनुसार अन्य ८ जिल्लाबाट पनि ३÷३ जना सिफारिस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण