आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनचाँदीको मूल्य स्थिर

सोमबार, १६ पुस २०८०, ११ : ०२
सोमबार, १६ पुस २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको मूल्य कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । महासंघले आज तोलामा १४ सय ५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप