‘जोगिन्दर’ ले हँसाए नवलपरासीका दर्शक
काठमाडौँ । हास्य कलाकार शिवशंकर रिलिज ‘जोगिन्दर’ले नवलपरासीका दर्शक हँसाएका छन् । २६०७ औँ तमु ल्होसारको अवसर पारेर आइतबार नवलपरासीमा आयोजित ‘विविध सांस्कृतिक कार्यक्रम’ मा उनले विभिन्न व्यङ्ग्य प्रस्तुतिमार्फत दर्शक हँसाएका हुन् । कार्यक्रममा उनले राजनीतिदेखि विभिन्न समसामयिक विषयमा व्यङ्ग्य गरेका थिए ।
कार्यक्रममा लोकगायक रामजी खाँण, भरत क्षेत्री, दीपु मगर गायिका सम्झना लामिछाने मगरले पनि आफ्ना चर्चित नयाँ तथा पुराना गीतहर गायर दर्शक नचाए । हजारौँ दर्शकको सहभागिता रहेको कार्यक्रममा आयोजकले कलाकारलाई सम्मान समेत गरेको थियो ।
तमु, तमुस्यो ह्युला छोज घि इकाई समिति आयोजक रहेको कार्यक्रम नवलपरासीको बर्दघाट–१६ सितलबस्तीमा आयोजना गरिएको थियो । कार्यक्रममा सांसद विनोद चौधरीको पनि सहभागिता थियो ।

कार्यक्रममा सांसद चौधरीले तमु ल्होसार गुरुङ समुदायको मात्र नभएर सबै नेपालीको चाड भएको बताए । उनले सबै चाडपर्व मिलीजुली मनाउने परम्परा भएकोले सबैले खुसी साथ मनाउनु पर्ने धारणा राखे । नवलपरासी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीले आफू निर्वाचित भएर आएपछि उक्त क्षेत्रमा भएको काम र अब प्राथमिकतामा राखेको कामको बारेमा जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद विश्वप्रेम पाठक, बर्दघाटका नगर प्रमुख तमुलाल श्रेष्ठ, स्थानीय समाजसेवी र कलाकार लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण