आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘जोगिन्दर’ ले हँसाए नवलपरासीका दर्शक

सोमबार, १६ पुस २०८०, १३ : ३४
सोमबार, १६ पुस २०८०

काठमाडौँ । हास्य कलाकार शिवशंकर रिलिज ‘जोगिन्दर’ले नवलपरासीका दर्शक हँसाएका छन् । २६०७ औँ तमु ल्होसारको अवसर पारेर आइतबार नवलपरासीमा आयोजित ‘विविध सांस्कृतिक कार्यक्रम’ मा उनले विभिन्न व्यङ्ग्य प्रस्तुतिमार्फत दर्शक हँसाएका हुन् । कार्यक्रममा उनले राजनीतिदेखि विभिन्न समसामयिक विषयमा व्यङ्ग्य गरेका थिए ।

कार्यक्रममा लोकगायक रामजी खाँण, भरत क्षेत्री, दीपु मगर गायिका सम्झना लामिछाने मगरले पनि आफ्ना चर्चित नयाँ तथा पुराना गीतहर गायर दर्शक नचाए । हजारौँ दर्शकको सहभागिता रहेको कार्यक्रममा आयोजकले कलाकारलाई सम्मान समेत गरेको थियो ।

तमु, तमुस्यो ह्युला छोज घि इकाई समिति आयोजक रहेको कार्यक्रम नवलपरासीको बर्दघाट–१६ सितलबस्तीमा आयोजना गरिएको थियो । कार्यक्रममा सांसद विनोद चौधरीको पनि सहभागिता थियो ।

j2

कार्यक्रममा सांसद चौधरीले तमु ल्होसार गुरुङ समुदायको मात्र नभएर सबै नेपालीको चाड भएको बताए । उनले सबै चाडपर्व मिलीजुली मनाउने परम्परा भएकोले सबैले खुसी साथ मनाउनु पर्ने धारणा राखे । नवलपरासी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीले आफू निर्वाचित भएर आएपछि उक्त क्षेत्रमा भएको काम र अब प्राथमिकतामा राखेको कामको बारेमा जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद विश्वप्रेम पाठक, बर्दघाटका नगर प्रमुख तमुलाल श्रेष्ठ, स्थानीय समाजसेवी र कलाकार लगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप