नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : महामन्त्री थापा
सोमबार, १६ पुस २०८०, १८ : ५१
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको बताएका छन् ।
सोमवार कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलेको सरकारमा भिन्नता नभएको आरोप लगाए ।
महामन्त्री थापाले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफू अनुकुलको ऐन संशोधनको लागि प्रस्तावहरू आउन थालेको बताए । उनले केही वर्षदेखि नेपाल ऐन संशोधन विकृति बढ्दै आएको भन्दै बाहिर प्रश्न उठ्दै आएको बताए ।
महामन्त्री थापाले विगतका समितिमा ऐन संशोधनको विषयमा सांसदहरुले सुन्न समेत नपाएको ऐन पास भएको भन्दै आफू त्यसको भिक्टिम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण