शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट आज १० अर्ब तरलता तान्दै राष्ट्र बैंक

मङ्गलबार, १७ पुस २०८०, १० : ४०
मङ्गलबार, १७ पुस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले ७ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त तरलता तान्ने भएको हो ।

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत दिउँसा २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । 
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्कता अर्थात् सावाँ ब्याज भुक्तानी यहीँ पुस २४ गते हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप