बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कविता : शाश्वत बाटो

मङ्गलबार, १७ पुस २०८०, ११ : १०
मङ्गलबार, १७ पुस २०८०

सभ्यता सबै, मानवको साथी ।
धार्मिक स्थल, साझा हो साथी ।।
काला र गोरा, मनुष्य सबै ।
श्रीमती छोरी, देवी हुन् सबै ।।
 
नराम्रा मानव, कोही छैन यहाँ ।
पृथ्वी हाम्रो, साझा हो भन्नु ।।
मानव मित्र, षड्यन्त्र होइन ।
हतियारहरू, केही पनि होइन ।।

अल्लाह, ईश्वर, इसाई देव ।
बुद्ध हुन् मित्र, ध्यान दिऊँ सबै ।।
आकृति रूप, अनेक यिनका ।
नराखौँ कहीँ, भ्रम र शङ्का ।।

हरित संसार, बनाउनु छ हामी ।
प्लास्टिकहरू, त्याग्नु छ हामी ।।
संसारका जीव, मानव रूप ।
जतन गरौँ, स्वयं हौँ हामी ।।
मिलेर बस्ने, मानव जाति ।
संस्कृति हाम्रो, रमाइलो मानी ।।
डाँडा र समथर, रमाइलो मानी ।
बस्ने हो साथी, नाचेर हामी ।।
 
नछोड्नु साथी, लेख्न र पढ्न ।
यिनै काम हुन, स्थिर राख्ने ।।
कुलतमा लाग्ने, समयमा साथी ।
लेखिबस्नु, सजीवन साथी ।।

सिमाना हाम्रा, भूगोल साथी ।
मानव–मित हुन्, सबैका साथी ।।
साँधका नामले, यी लड्नेहरू ।
बैरी हुन् सबका, ख्याल गर साथी ।।
 
पूर्व र पश्चिम, सबै नै हाम्रा ।
दक्षिणबाट, उत्तर जाँदा ।।
पाश्चात्य–वैदिक, गाउँदै हिँड्दा ।
रमाउनु पर्छ, मनुष्य बन्दा ।।

शाश्वत बाटो, समाई हिँडौँ ।
मिहिनेत गरी, अगाडि बढौँ ।।
संसार सबै, आफ्नै घर हो ।
हतियार सबै, गराउने भष्म ।।

जे जति विकास, भए नि मित्र ।
प्रकृति प्रिय, बनाउनु पर्छ ।।
पैसाका नाममा, गरिने विनाश ।
स्वीकार्य हुन्न, ए मित्र जान ।।
 
नक्कली कुरा, सर्मनाक हुन्छ ।
यथार्थमा, घातक बन्छ ।।
जिन्दगी त्यसै, नफालौँ साथी ।
प्रकृति बचाऔँ, सबैका लागि ।।
 
जिन्दगी सुखी, महसुस गर्नु ।
मिहिनेतका लागि पछि नपर्नु ।।
पीडा होइन, मिहिनेत तिम्रो ।
सहज फल हो, प्रकृति हाम्रो ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुल्सी गिरी
तुल्सी गिरी
लेखकबाट थप