विह्वलको ‘शहरक भीडमे एसगर हम’ प्रकाशित
काठमाडौँ । साहित्यकार धर्मेन्द्र विह्वलले मैथिली भाषाको कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ प्रकाशित गरेका छन् । मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो । पत्रकारिता क्षेत्रमा अर्थात पत्रकार धर्मेन्द्र झाबाट परिचित उनको यो छैठौँ कृति हो ।
कृतिमा एकै शीर्षक शहरमा ५१ वटा कविता अटाएर विशेष कृतिको रूपमा प्रकाशित गरेका हुन् । कवि धर्मेन्द्रले कविता सङ्ग्रहलाई विवेकशील पाठक, समीक्षक र साहित्यकार दार्शनिकहरूले मन पराउने विश्वास लिएका छन् ।
विह्वलको छिट्टै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र नेपाली र मैथिली दुवै भाषामा कलम चलाउँछन् ।
मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको कृति ‘शहरक भीड़मे एसगर हम’ मा आवरणसहित सबै चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एससी सुमनले बनाएका छन् । पुस्तकको मुद्रण कार्य पुष्पाञ्जली छापाखाना, अनामनगर काठमाडौँले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण