बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विह्वलको ‘शहरक भीडमे एसगर हम’ प्रकाशित

मङ्गलबार, १७ पुस २०८०, १२ : १३
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । साहित्यकार धर्मेन्द्र विह्वलले मैथिली भाषाको कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ प्रकाशित गरेका छन् । मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो । पत्रकारिता क्षेत्रमा अर्थात पत्रकार धर्मेन्द्र झाबाट परिचित उनको यो छैठौँ कृति हो । 

कृतिमा एकै शीर्षक शहरमा ५१ वटा कविता अटाएर विशेष कृतिको रूपमा प्रकाशित गरेका हुन् । कवि धर्मेन्द्रले कविता सङ्ग्रहलाई विवेकशील पाठक, समीक्षक र साहित्यकार दार्शनिकहरूले मन पराउने विश्वास लिएका छन् । 

विह्वलको छिट्टै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र नेपाली र मैथिली दुवै भाषामा कलम चलाउँछन् । 

मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको कृति ‘शहरक भीड़मे एसगर हम’ मा आवरणसहित सबै चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एससी सुमनले बनाएका छन् । पुस्तकको मुद्रण कार्य पुष्पाञ्जली छापाखाना, अनामनगर काठमाडौँले गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप