शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीद्वारा ८ लाख बढीको मोबाइल, अवैध सुर्ती र काठ बरामद

बुधबार, १८ पुस २०८०, ०७ : ३२
बुधबार, १८ पुस २०८०

रौतहट । रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाइल, सुर्ती र अवैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थानबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको  टोलीले  तल्लो बजार स्थित चपुर गौर सडक खण्डमा  चेकजाँच गर्ने क्रममा गौरबाट  चन्द्रनिगाहपुरतर्फ आएको  बसको डिक्कीमा  ३ ओटा बोरा भित्र रहेको कार्टुनमा विभिन्न कम्पनीहरूको मोबाइलहरू फेला परेको थियो। बरामद ३८७ थान मोबाइल कुल आठ लाख अठार हजार नौ सय छ रुपैयाँ मूल्याङ्कन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

त्यस्तै प्रहरी चौकी औरैया र प्रहरी चौकी मठिया महुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले  ईशनाथ नगरपालिका ३ र ४  स्थित चेकजाँच गर्ने क्रममा मधेस प्र।०३(०२४प।३०३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल १ थान र  सुर्ती २०८ किलो बरामद गरेको छ। दुई लाख चार हजार मूल्याङ्कन सहित मोटरसाइकल र सुर्ती आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको एसपी  श्रेष्ठले बताएका छन्। 

उता  बृन्दावन नगरपालिका ८ बरगजवा टोल स्थित बाटोको छेउमा  परालमुनि लुकाई छिपाई राखेको अवस्थामा पाँच थान गोलिया काठ मंगलवार साँझ प्रहरीले बरामद गरेको छ।

४० क्युबिफिट एक लाख बिस हजार  बराबरको सालको काठ आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप