प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा एपीएफलाई हराउन कोशीले ११५ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एपीएफ क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको हो ।
एपीएफ क्लबका लागि इन्दु बर्माले अर्धशतकीय पाली खेलिन् । उनले ५३ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दुले केवल ४७ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काएकी थिइन् ।
त्यसअघि ओपनर ज्योति पाण्डेले पनि टोलीका लागि २७ रनको योगदान गरेकी थिइन् । उनले ३० बलमा तीन चौका पनि हिर्काइन् । कप्तानसमेत रहेकी ओपनर सीता रानामगर भने आठ बलमा एक रन बनाउँदै पेभेलियन फर्किइन् ।
चौथो नम्बरकी ब्याटर रोमा थापाले १५ बलको सामना गरी टोलीको खातामा १४ रन थपेकी थिइन् । ममता चौधरीले तीन रन बनाइन् । सरिता मगर नौ रनमा अविजित रहिन् । करुणा भण्डारीले अविजित दुई रन बनाइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पाँच रनमात्र पाएको थियो ।
कोशी प्रदेशकी बलर अप्सरी बेगमले तीन विकेट लिइन् । उनले चार ओभरमा २१ रन खर्चिइन् । एलिसा खडियाले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा १५ रन खर्चिएकी थिइन् । रुविना क्षेत्री र निशा शाहले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण