‘द बुल’ मा लुक्स परिवर्तन गर्दै सलमान
मुम्बई । सन् २०२३ अभिनेता सलमान खानका लागि निकै खास रह्यो । यो वर्ष सलमानको एक्सन फिल्म ‘टाइगर ३’ सुपरहिट भयो भने फिल्ममा उनले गरेको एक्सन समेत दर्शकले निकै रुचाए ।
सलमान अहिले फेरि चर्चामा छन् । उनको चर्चाको बिषय फिल्म ‘द बुल’ बनेको छ । जसको छायाङ्कन छिट्टै सुरु हुँदैछ ।
फिल्ममा सलमान नयाँ लुक्समा देखिनेछन् । जसका लागि उनी अहिले विभिन्न प्रयोग गरिरहेका छन् । आफ्नो हरेक फिल्ममा अलग अलग लुक्समा देखिँदै आएका उनी यो फिल्मको लुक्सका लागि पनि मिहिनेत गरिरहेका छन् ।
केही अगाडि फिल्म ‘द बुल’ का लागि तौल घटाउँदै सलमान भनेर समाचार आएको थियो । फिल्ममा लुक्स परिवर्तन गर्न उनी फरक फरक योग अभ्यास समेत गरिरहेको चर्चा छ । जसका लागि विभिन्न फरक ट्रेनिङ समेत लिइरहेका छन् ।
फिल्म ‘द बुल’ विष्णु वर्धनले निर्देशन गर्न लागेका हुन् । वर्धनले यस अगाडि सुपरहिट फिल्म ‘शेरशाह’ निर्देशन गरेका थिए । समाचारका अनुसार पहिले यो फिल्म अन्य प्रोडक्सन हाउसले निर्माण गर्न लागेको थियो । जसमा शाहिद कपुर रहने चर्चा थियो । अहिले फिल्मको निर्माण धर्मा प्रोडक्सनले गर्दैछ । जसमा सलमान मुख्य भूमिकामा रहनेछन् ।
सलमान एक्सन हिरोको रूपमा चिनिएका छन् । ‘द बुल’मा पनि उनी एक्सन भूमिकामै देखिनेछन् । फिल्ममा उनले निर्वाह गर्न लागेको भूमिका ‘ब्रिगेडियर फारुख बुलसारा’ को हो । यो बुलसाराको जीवनसँग प्रेरित फिल्म हो । बुलसाराले १९९८ मा माल्दिभ्समा भएको एक अपरेशन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण