राष्ट्रियसभा निर्वाचनमा मिलेर जान ओलीकाे प्रस्ताव
काठमाडौँ । सत्ता गठबन्धनसहित नेकपा एमालेको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् ।
बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको दाबी गरेका छन् । तर त्यस विषयमा कुनै सहमति नभएको उनले बताए ।
बैठकमा गठबन्धन दलहरूबिच यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभएपनि एमालेबाट जितेको ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा दलहरूबिच सहमति नभएको उनले जानकारी दिए ।
‘एमालेबाट राष्ट्रियसभा निर्वाचनमा मिलेर जाऊँ भन्ने खालको प्रस्ताव आएको छ । एमालेको मनसाय आफूहरूलाई माइनस नगरियोस् भन्ने खालको छ’, उनले भने, ‘तर सिट बाँडफाँटमा कुनै सहमति भएको छैन । बिहीबार बिहान पुनः बैठक बस्छ ।’
यसअघि बालुवाटारमा बसेको बैठकले एमालेले सहकार्यको प्रस्ताव ल्याए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गराएको समेत उनले बताए । एमालेलाई सिट दिने विषय कांग्रेस र माओवादीको कन्डिसनल सहमति भएको पाण्डेले दाबी गरे ।
एमालेले प्रधानमन्त्रीसँग प्रस्ताव गरेको कुरा आएको छ । यसमा एमाले स्पष्ट प्रस्ताव ल्याए मात्र त्यस विषयमा छलफल गर्न सकिने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण