आस्था कि अन्धविश्वास : मोटरसाइकलमा सर्प भेटेपछि पूजा गर्नेको भीड
शंकर के सी,
सल्यान । सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प भेटिएपछि सर्प देवता भन्दै पूजा र दर्शन गर्नेहरुको भीड लागेको छ ।
भगवानको स्वरुप भन्दै स्थानीयहरु गत रातीदेखि नै सर्पको दर्शन गरिरहेका हुन् ।
मोटरसाइकलका धनी कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेनका अनुसार मंगलबार साँझ ७ बजेतिर खिमेन्द्र सेनलाई घरतर्फ जानेक्रममा सर्पले बजार नजिकै बाटो छेकेको थियो ।
त्यसपछि सेन मोटरसाइकलबाट झरेर केहि व्यक्तिलाइ सर्पले बाटो छेकेको खबर गरेका थिए ।
खबर पाएपछि रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यस स्थानमा गएका थिए ।
प्रत्यक्षदर्शीको दाबी अनुसार शुरुमा सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमा चढेको थियो र पछि त्यहाँबाट उत्रेर केही पर रोकिराखेको अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलमा चढेको थियो ।
समाचार तयार पार्दा सम्म सर्प मोटरसाइकलमै रहेको छ । मोटरसाइकलको सिटको तल बसेको छ ।
यस घटनापछि कपुरकोट ५ मा बस्दै आएका जय गुरुदेव बाबा लगायतले पूजाअर्चना गरेको स्थानीय डिल बहादुर बुढाथोकीले बताएका छन् ।
स्थानीयहरु रातभर सर्प भएको स्थानमा जाग्राम बसेका थिए । कुनै दैवी शक्ति भएको भन्दै स्थानीयहरुको भीड लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण