मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अदालतभित्रै न्यायाधीशमाथि हमला

बिहीबार, १९ पुस २०८०, १३ : २२
बिहीबार, १९ पुस २०८०

वाशिङ्टन । अमेरिकाको एउटा अदालतमा एक पुरुषले महिला न्यायाधीशमाथि आक्रमण गरेका छन् । नाभेदाको क्लार्क काउन्टी डिस्ट्रिक्ट अदालतमा बुधवार न्यायाधीशले आरोपीलाई जेल सजाय सुनाउँदै गर्दा यो घटना भएको हो ।

प्रतिवादी डियओब्रा डेलोन रेडनले उफ्रिएर न्यायाधीश मेरी के होलथसमाथि हमला गरेको सेक्युरिटी फुटेजले देखाएको छ । अघिल्लो सुनवाईमा रेडनमाथि लगाइएका अभियोगहरुमा उनी दोषी भेटिएका थिए । उनीमाथि यसअघि लागेका अभियोग र उनको आपराधिक इतिहासका कारण आफूलाई रिहा गरिदिन रेडनले गरेको अनुरोध होलथसले अस्वीकार गरेको पनि फुटेजमा देखिएको छ ।

योलगत्तै रिसले चुर भएका रेडनले उफ्रिएर न्यायाधीशमाथि आक्रमण गरे । चार जना पुरुषले आक्रमण रोक्ने प्रयास गरेपनि प्रयास विफल भयो । रेडनले बारम्बार होलथसको मुखमा मुक्का हाने । होलथसलाई केही चोट लागेको बताइएको छ । चोट कति गहिरो छ भन्ने चाँहि थाहा भइसकेको छैन । उनी अहिले अस्पतालमा भर्ना छिन् । रेडनमाथि अब थप अभियोगहरू चलाइने भएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप