टी–२० विश्वकपको खेल तालिका सोमबार, नेपाली टोली भारत र पाकिस्तानको समूहमा पर्ने सम्भावना कम
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित २० राष्ट्रको सहभागिता रहने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने भएको छ । प्रतियोगितामा सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिने छ । प्रत्येक समूहमा पाँचवटा राष्ट्र रहने छन् ।
प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका प्रत्येक राष्ट्रले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहबाट माथिल्ला दुई टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर आठ’ चरणबाट चारवटा टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यसपटक टी–२० विश्वकपमा नेपाली टोली भारत र पाकिस्तानको समूहमा पर्ने सम्भावना निकै कम रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसार, यसपटक भारतको समूहमा चिर प्रतिद्वन्द्वी पाकिस्तान, आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण