सरकारले मानव विकास सूचकांकमा पछाडि परेका समुदायलाई अगाडि बढाउन प्रयास गर्नेछ : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मानव विकास सूचकांकमा पछाडि परेका समुदायलाई अगाडि बढाउन प्रयास गर्ने बताएका छन् ।
बिहीबार मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम महिलाको उत्थान एवं विकासमा आयोगको भूमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आचार्यले मानव विकास सूचकांकमा पछि परेका जातजाति र समुदायलाई अगाडी बढाउन सरकारको प्रयास रहने बताएका हुन् ।
उनले तल परेका वर्ग र समुदायको उत्थानले देशको विकासमा ठूलो टेवा पुर्याउने बताए । उनले मुस्लिम महिलाहरुमा शिक्षाको कमी रहेको उल्लेख गर्दै समाज परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले मुस्लिम समुदायको उत्थानका लागि सरकारले गर्नुपर्ने कामहरुको सुझाव माग्दै सुझाव अनुसारको काम सरकारले गर्ने पनि बताए ।
मन्त्री आचार्यले नेपाल गरिब देश नभएको बताए । नेपाल गरिब नभएर नेपालीहरुको मानसिकता मात्रै गरिब भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण