बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बिपी प्रतिष्ठानको साख जोगाउन स्वास्थ्यमन्त्रीको अनुरोध

बिहीबार, १९ पुस २०८०, २० : ११
बिहीबार, १९ पुस २०८०

धरान । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख जोगाउन सबै लाग्नु आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस धरानले आज सुनसरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका केही कमीकमजोरीका कारण चिकित्सा शिक्षामा समस्या उत्पन्न भएको बताए । ऐनमा आवश्यक व्यवस्था नहुँदा चिकित्सा शास्त्र पढ्न विद्यार्थी बाहिरिने क्रम बढेकाले सुधार गर्न आवश्यक भएको बताए ।

नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल, सुनसरी क्षेत्र नं.१ का सभापति सुजेन्द्र तामाङले बिपी प्रतिष्ठानको विद्यार्थी कोटा कटौती भएको भन्दै ध्यानाकर्षणपत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप