गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता २.२ प्रतिशतले वृद्धि
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणका अनुसार आर्थिक वर्षमा समग्र प्रदेशको औद्योगिक उत्पादन क्षमता २.२ प्रतिशतले वृद्धि हुँदै ४५.८ प्रतिशत पुगेको हो ।
जसमध्ये प्रदेशमा सबैभन्दा बढी तेल र चकलेट उत्पादनको क्षमता उपयोग बढी देखिएको छ ।
बैंकका अनुसार यस प्रदेशमा खाने तेल उद्योगको क्षमता उपयोग ९६.७६ प्रतिशत र चकलेट उद्योगको ७४.५७ प्रतिशत रहेको छ । यस्तै, बिस्कुटको ६२.८० प्रतिशत, वियरको ६३.८९ प्रतिशत, ईट्टाभट्टाको ५४.९९ प्रतिशत, लिक्विड औषधीको ५१.९० प्रतिशत, औषधि क्याप्सुलको ३५.८ प्रतिशत, ओइन्टमेण्टको १०.१५ प्रतिशत र ड्राइ सिरपको क्षमता उपयोग ७.९६ प्रतिशत रहेको छ ।
२०७९ फागुनसम्म गण्डकी प्रदेशमा दर्ता भएका उद्योगको संख्या ७१ हजार ८ सय ९७ पुगेको छ भने दर्ता भएका वाणिज्य फर्मको संख्या ६८ हजार ३ सय ६४ पुगेको बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा गण्डकी प्रदेशमा ८३० उद्योग दर्ता भएका छन् । यी उद्योगमा रू. ५ खर्ब ९७ अर्ब २५ करोड लगानी स्वीकृत भई उद्योगको सञ्चालनबाट ४० हजार ९३ रोजगारी सिर्जना हुने अनुमान रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत रहने अनुमान रहेको छ । गत वर्ष यस्तो हिस्सा १७.७ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण