गण्डकी प्रदेशमा मात्र ३ खर्ब ५५ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा मात्र ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा ०.४ प्रतिशतले कर्जा विस्तार भएको जनाएको बैंकले समीक्षा अवधिमा निक्षेपतर्फ अधिकतम १९.२८ प्रतिशतले वृद्धि हुँदै कूल ४ खर्ब ७४ अर्ब ९० करोड पुगेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप ८.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा परिचालित कूल ३ खर्ब ५५ अर्ब १५ करोड कर्जा मध्ये कृषि क्षेत्रमा रु.३१ अर्ब ४५ करोड, औद्योगिक क्षेत्रमा रु. ३७ अर्ब ४८ करोड, सेवा क्षेत्रमा रु.१ खर्ब ११ अर्ब ९० करोड र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोग लगायतका अन्य क्षेत्रमा) रु.१ खर्ब ७१ अर्ब ८४ करोड प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
२०८० असार मसान्तमा निक्षेपकर्ताहरुको सङ्ख्या १२.३८ प्रतिशतले वृद्धि भई ५६ लाख ३९ हजार ४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेपकर्ताको सङ्ख्या २१.१ प्रतिशतले वृद्धि भएको थियो ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्राे संशोधनसहित), बमोजिम २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु. २५ अर्ब ७४ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जा २०७९ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु.३० अर्ब ११ करोड कर्जा प्रवाह भएको थियो ।
यस प्रदेशमा प्रवाहित कुल कर्जाको ४२.५ प्रतिशत कास्की जिल्लामा प्रवाह भएको छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०.२ प्रतिशत मात्र प्रवाह भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण