राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २४ गते मंगलबार जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको १४ अर्ब रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिने बैंकले जनाएको छ । बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ३ अर्ब नयाँ र ६ अर्ब रुपैयाँ पुरानो ट्रेजरी ९ अर्ब रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।
यसअघि केन्द्रीय बैंकले पुस १६ गते २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण