सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

गठबन्धनका चार दलबिच यस्तो छ १९ सिटमा क्लस्टर भागबन्डा

आइतबार, २२ पुस २०८०, १२ : ४२
आइतबार, २२ पुस २०८०

काठमाडौँ । सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा क्लस्टर भागबन्डा टुंग्याएको छ । गठबन्धनको प्रमुख घटक कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट पाएका छन् ।

कोशी प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने भएको छ भने महिलातर्फ माओवादीको उम्मेदवारी रहने छ । यस्तै मधेस प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने तयारी हुँदा  महिलातर्फ जसपाले उम्मेदवार खडा गर्ने छ ।

यसैगरी गण्डकीमा कांग्रेसले खुला र महिलातर्फ उम्मेदवारी दिने छ भने माओवादीले अपाङ्ग कोटामा उम्मेदवारी दिने छ । लुम्बिनीमा कांग्रेस महिलातर्फ उम्मेदवारी दिँदा माओवादीले खुलातर्फको उम्मेदवार बनाउने छ । यस्तै सुदूरपश्चिममा कांग्रेस खुला र अपाङ्गतर्फ उम्मेदवारी दिने छ भने माओवादीले महिलातर्फको उम्मेदवारी दिने छ ।

कांग्रेस नेता रमेश लेखकका अनुसार बागमती र कर्णाली प्रदेशमा क्लस्टरको अन्तिम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले २ सिटमा चित्त नबुझाएपछि बाग्मती र कर्णालीको क्लस्टर टुंगिन बाँकी रहेको हो ।

‘दुई सिटमा चित्त बुझाएर आउँदा क्लस्टर छान्ने एकीकृत समाजवादीलाई पहिलो प्राथमिकता छ । त्यही अनुसार यी दुई प्रदेशको टुंगो लाग्छ ,’ उनले भने । कांग्रेसले खुला र महिलातर्फको उम्मेदवारी दिने  छ । 

यस्तै माओवादीले अपाङ्ग र एकीकृत समाजवादीले दलित पाउने छ । यस्तै कर्णालीमा कांग्रेसले खुला, माओवादीले दलित र एकीकृत समाजवादीले महिलातर्फ उम्मेदवार दिने समझदारी बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप