क्यानडाका प्रधानमन्त्रीको विमान बिग्रिएपछि...

टोरन्टो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको विमान बिग्रिएकाे छ । जमाइका भ्रमणमा रहेका बेलामा ट्रुडोलाई लिएर गएको सरकारी विमान बिग्रिएकाे हो ।
ट्रुडोको यात्राका क्रममा विमानमा समस्या आएको यो चार महिनाभित्र दोस्रो पटक हो । विमानमा समस्या आएपछि आफूहरूले मर्मतका लागि अर्को विमान पठाउनु परेको क्यानडाको सैन्य बलले शुक्रवार बताएको थियो ।
परिवारका साथमा सार्वजनिक बिदा मनाउन ट्रुडो क्यारबियन टापु गएका थिए । गएको वर्ष सेप्टेम्बरमा विमानमा मेकानिकल समस्या देखिएर ट्रुडोको भारत भ्रमण २ दिन पिछाडि सरेको थियो ।
सुरक्षाका कारण प्रधानमन्त्रीले सैन्य विमानमै यात्रा गर्छन् । उनी डिसेम्बर २६ मा जमाइका गएका थिए । विमानमा जनवरी २ मा समस्या देखिएको थियो ।
जनवरी ३ मा विमान बनाउने मर्मत टोलीको साथमा क्यानडाले दोस्रो विमान जमाइका पठाएको थियो । ट्रुडो जनवरी ४ मा पूर्व निर्धारित समयमा क्यानडा फर्किएका थिए ।
दुवै विमान क्यानडाको सैन्य बलले भर्खरै खरिद गरेका सीसी–१४४ च्यालेन्जर विमान थिए । हालैका वर्षहरूमा भइरहेका भ्रमणका बेलामा ट्रुडोले यस्ता अनेकौँ समस्या भोगिरहेका छन् ।
सेप्टेम्बरमा दिल्लीमा आयोजित जी–ट्वेन्टी शिखर सम्मेलनमा सहभागी हुने क्रममा पनि विमानमा समस्या आएपछि ट्रुडोको भ्रमण ढिलो भएको थियो । सन् २०१९ मा पुनः निर्वाचनको अभियानका क्रममा ट्रुडोको लागि चार्टर गरिएको विमानको पंखामा पत्रकारहरू चढेको बसमा ठोक्किएको थियो ।
त्यस्तै गतवर्ष पनि उनको जहाज ह्याङ्गरमा दुर्घटना भएको थियो । त्यसबेला लन्डनमा नेटो सम्मेलनमा सहभागी हुन ट्रुडोका लागि ब्याकअप विमान प्रयोग गर्नुपरेको थियो । तर त्यो विमानमा समेत समस्या देखिएपछि घर फर्किदा उनले अर्को विमान चढ्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने