केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र नेदरल्यान्डस्को हेगस्थित एनपिआइले ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमबिच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदानप्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको छ । सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने विषयमा सहमति भएको छ । दुवै पक्षले एकअर्काका अनुसन्धान पहलहरूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समझदारीपछि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले उक्त समझदारीले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच आदानप्रदानको अवसर सृजना गर्ने बताए । उनले भने एनपीआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रमहरूमा छोटो वा लामो अवधिमा योगदान पुर्याउन सक्छ ।’
कार्यक्रममा एनपिआइको सञ्चालक समितिका अध्यक्ष डा. खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा थिङ्क ट्याङ्क प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे । उनले भने, ‘यस सहकार्यले विदेशमा रहेका नेपाली प्रतिभाहरूलाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रदर्शन र प्रयोग गर्न मद्दत पुर्याउनेछ, जसले अन्ततः देशलाई फाइदा पुर्याउनेछ ।’
काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको नेपालकै अग्रणी विश्वविद्यालय हो । विश्वविद्यालयका केन्द्रीय तथा आङ्गिक क्याम्पसहरूमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् । एनपीआइ सन् २०१७ नेदरल्यान्डस्मा स्थापित नीति अनुसन्धान संस्था हो, जसको विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दाबढी प्रवासी विज्ञहरू आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण