धुर्मुस–सुन्तलीलाई मेला महोत्सवको चटारो
काठमाडौँ । करिब ८ वर्षपछि मेला महोत्सवमा फर्किएका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को पछिल्लो समय व्यस्तता दिन प्रतिदिन बढ्दो छ । गत पुस १४ गते कास्कीमा आयोजित ‘१९ औँ लेखनाथ महोत्सव – २०८०’ बाट मेला महोत्सवमा कम ब्याक गरेका उनीहरू अहिलेसम्म आधा दर्जन बढी महोत्सवमा सहभागी भैसकेका छन् ।
अहिले विभिन्न स्थानका मेला महोत्सवबाट सहभागीका लागि धेरै निमन्त्रणा आइरहेको सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । ‘हामी स्टेज फर्किएपछि कार्यक्रममा बोलावट धेरै आउने गरेको छ’, कट्टेलले भने, ‘सबैलाई समय दिन सक्दिन कि भन्ने चिन्ताले सताउन थालेको छ ।’ बोलावट आएको ठाउँमा भ्याएसम्म पुग्ने योजनाले समय व्यवस्थापन पनि गरिरहेको उनले सुनाए ।
कट्टेलका अनुसार पुस २९ गते ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव’ कैलालीमा उनले प्रस्तुति दिनुपर्नेछ । त्यसपछि माघ १ गते ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ कैलाली अत्तरियामा प्रस्तुति छ । त्यस्तै, माघ ३ गते कैलालीकै बाँस गढीमा आयोजित महोत्सवमा प्रस्तुति रहनेछ । माघ ५ गते ‘बर्दिया राजापुर महोत्सव’ मा पुग्ने उनीहरूले ६ गते ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ दाङको भालुवाङमा पुगेर प्रस्तुति दिनेछन् । माघ ८ गते ‘आरुघाट महोत्सव’ गोरखाको पनि निम्तो फाइनल भएको उनले सुनाए ।
लामो समय सामाजिक काममा क्रियाशील धुर्मुस–सुन्तलीले पछिल्लो समय निर्माण गर्दै गरेको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारलाई जिम्मा लगाएर फेरि कलाकारितामा फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ : प्रशिक्षक मोन्टी
-
बझाङमा एमालेलाई पछ्याउँदै माओवादी
-
सीईओ अरुणले भने– भारत-नेपालमा हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छ
-
इलाम–२ मा सुहाङले लिए अग्रता
-
इलाम–२ : ४१ सय मत गन्दा दुई उम्मेदवार अझै ‘निल’
-
प्रारम्भिक मतगणना : कांग्रेसले पाएन अपेक्षित मत, एमालेलाई राहत