मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सुजुकीको विन्टर फ्री  सर्भिस हुने

सोमबार, २३ पुस २०८०, १२ : ४५
सोमबार, २३ पुस २०८०

काठमाडौँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २४  देखि २६  गतेसम्म विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । 

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ ।   सुजुकीले ग्राहकलाई  यही विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन गर्न लागेको जनाएको छ । 

  सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै  ग्राहकहरूले  लक्की ड्र मार्फत बर्सभरिको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्न सक्नेछन् । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा सक्नेछन् ।  त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा  ५० प्रतिशत छुट  पाउन सकिनेछ ।  पाट्र्स र एसोसरिजमा पनि १० प्रतिशत छुट हुनुका साथै लेवर चार्जमा २० प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ । 

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप