सुजुकीको विन्टर फ्री सर्भिस हुने
काठमाडौँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २४ देखि २६ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ । सुजुकीले ग्राहकलाई यही विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन गर्न लागेको जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरूले लक्की ड्र मार्फत बर्सभरिको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्न सक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा सक्नेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट पाउन सकिनेछ । पाट्र्स र एसोसरिजमा पनि १० प्रतिशत छुट हुनुका साथै लेवर चार्जमा २० प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण