मिरुनाको ‘मनसरा’को छायाङ्कन सुरु
सोमबार, २३ पुस २०८०, १४ : ०५
काठमाडौँ । उपेन्द्र सुब्बाको निर्देशन रहने फिल्म ‘मनसरा’को छायाङ्कन सुरु भएको छ । सोमबार ललितपुरको नख्खुबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्मको पहिलो दृश्य कलाकार मिरुना मगर र प्रवीण खतिवडाले दिएका छन् । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म सोसल ड्रामा निर्माण हुन लागेको हो । फिल्म ललितपुर र पाँचथरमा छायाङ्कन हुनेछ ।
दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले फिल्मको प्रदर्शन मिति नयाँ वर्षको वैशाख २१ गतेलाई तय गरेका थिए । ‘मनसरा’मा मेनुका प्रधानको पनि अभिनय रहनेछ ।
शैलैन्द्रध्वज फिल्मका निर्माता हुन् । कबड्डी फिल्मस्को ब्यानरमा ‘मनसरा’ निर्माण हुन लागेको हो । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी–२१ प्रोडक्सन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जाइन्ट किलर’ ले इतिहास रच्दा विश्वकपकै सबैभन्दा भावुक क्षण बन्यो
-
हैदराबादको सडक अब ‘डोनाल्ड ट्रम्प एभिन्यु’: ट्रम्पले तस्बिर सेयर गर्दै भने, ‘थ्याङ्क्यू’
-
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
-
हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
-
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
खाडीबाट फर्केर गाईपालन, मासिक रु दुई लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण