सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मिरुनाको ‘मनसरा’को छायाङ्कन सुरु

सोमबार, २३ पुस २०८०, १४ : ०५
सोमबार, २३ पुस २०८०

काठमाडौँ । उपेन्द्र सुब्बाको निर्देशन रहने फिल्म ‘मनसरा’को छायाङ्कन सुरु भएको छ । सोमबार ललितपुरको नख्खुबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्मको पहिलो दृश्य कलाकार मिरुना मगर र प्रवीण खतिवडाले दिएका छन् । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म सोसल ड्रामा निर्माण हुन लागेको हो । फिल्म ललितपुर र पाँचथरमा छायाङ्कन हुनेछ । 

दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले फिल्मको प्रदर्शन मिति नयाँ वर्षको वैशाख २१ गतेलाई तय गरेका थिए । ‘मनसरा’मा मेनुका प्रधानको पनि अभिनय रहनेछ । 

शैलैन्द्रध्वज फिल्मका निर्माता हुन् । कबड्डी फिल्मस्को ब्यानरमा ‘मनसरा’ निर्माण हुन लागेको हो । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी–२१ प्रोडक्सन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप