१ सयवटा भन्दा बढी मोटरसाइकल चोर्ने गिरोह
काठमाडौँ । विगत लामो समय देखि मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह गाउँपालिका- २ बस्ने २३ वर्षीय निकाईल अन्सारी रहेका छन् ।
संगठित गिरोहको खोजतलास एवं नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन नै सञ्चालन गरेको थियो । अपरेसनको क्रममा १०० भन्दा बढी मोटरसाइकल चोरी गरी भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा पुर्याई बिक्री गर्ने गिरोहका दुई जनाहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
उनीहरूलाई गत मङ्सिर २९ गते विराटनगरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका नजाम अन्सारीको साथबाट अवैध लागु औषध ब्राउन सुगर १.०३ ग्राम बरामद भएको थियो । उनीमाथि लागु औषध कसुरमा समेत अनुसन्धान गरिएको प्रहरीको भनाई छ । अन्सारी विगतमा समेत निम्न अपराधमा संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।
उनीहरूले चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाईएको दाहालले बताए । चोरीमा संलग्न गिरोहको पक्राउ पश्चात् मोटरसाइकल चोरीका घटनामा समेत ठुलो मात्रामा कमी आएको प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण