शान्ति समाजको संरचनामा ४० प्रतिशत महिला रहने, ११ प्रस्ताव पारित
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको छ । बैठकले केन्द्रीय तथा जिल्ला कार्यसमितिमा अब ४० प्रतिशत पुर्याउने संकल्प प्रस्ताव पारित भएको छ ।
समाजका तर्फबाट रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा चुरे मास्ने सरकारको नीति खारेज गर्न सरकारलाई आग्रह गरिएको छ । यस्तै विकासको अधिकार अन्तर्गत राष्ट्रिय परिषद्ले तराई मधेशको जीवनरेखाको रुपमा रहेको हुलाकी सडकमार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षण र कर्णालीको उत्थानमा योगदान गर्न १० बुँदाको आग्रहसहित प्रस्ताव पारित गरिएको छ । पुस २०–२१ गते बसेको उक्त बैठकले एनसेल प्रकरण राज्य विरुद्धको अपराध भएको भन्दै समाजले त्यसविरुद्ध वृहत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धमा संसदमा विचाराधिन विधेयकलाई मानव अधिकारमैत्री बनाई टुंगोमा पुर्याउन आग्रह पनि समाजले गरेको छ । यस विषयमा संसद संवेदनशिल नबन्ने हो भने भविष्यमा विभिन्न खाले हस्तक्षेप निम्तिन सक्ने सम्भावनाप्रति समेत ध्यानाकर्षण गराइएको बरालले बताए ।
यस्तै वातावरणमा हानी गर्ने सामग्री प्रयोग नगर्ने संकल्पसहित बैठकले लोकतन्त्रको प्राणः सुशासन र सद्भाव भएको स्मरण गराउँदै समुदायबिच स्थिर र सुमधुर सम्बन्धमा जोड दिएको छ ।
यस्तै विपिन जोशीको माग गरेको समाजले आगामी दिनका सबै कार्यक्रमहरु नागरिक संवाद कार्यक्रमको रुपमा आयोजना गर्ने निर्णय पनि गरेको बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण