अम्बरबहादुर विष्ट : पञ्चायतमा उपप्रधानपञ्च, गणतन्त्रमा सभामुख !
विराटनगर । कोशी प्रदेश सभाको सभामुखमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवारी नदिने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध निर्वाचन हुने निश्चित भएको छ । कोशीको सभामुख चयनका लागि आजै मंगलबार दिउँसो ३ बजेलाई निर्वाचन समय तोकिएको छ । सभामुखका लागि सत्ता गठबन्धले विष्टलाई अघि सार्ने निर्णय गरेसँगै एमालेले उम्मेदवारी नदिने निर्णय गरेको हो ।
विष्ट गत निर्वाचनमा झापाबाट समानुपातिकतर्फ राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । २०१० सालमा जन्मिएका विष्ट विद्यार्थी कालमा अखिलबाट राजनीति प्रवेश गरेका हुन् । उनी विद्यार्थी कालमा महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा अखिलको इकाई उपसभापतिमा उम्मेदवार समेत बनेका थिए । तर उनले त्यसबेला उपसभापतिमा पराजय भोगे पनि राजनीतिलाई निरन्तरता दिइरहे ।
अखिलको राजनीतिमा हार बेहोरेपछि विष्ट पञ्चायती राजनीतिमा प्रवेश गर्दै तत्कालीन गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भए । ‘२०३३ सालमा जुरेपानी गाउँपञ्चायत वडानम्बर ५ को वडाध्यक्ष भएर काम गरेँ’, विष्टले मंगलवार सभामुखमा निर्विरोध हुने भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘त्यसपछि म सोही गाँउपञ्चायतको उपप्रधानपञ्च भएर काम गरे ।’
उपप्रधानपञ्चपछि जिल्ला पञ्चायतको सदस्य १० वर्ष भएर काम गरेका विष्ट सोही अवधिमा जिल्ला पञ्चायतको उपसभापति समेत भएर काम गरेका थिए ।
२०४६ पछि पनि राष्ट्रिय पञ्चायतको राजनीतिमै आबद्ध विष्ट तत्कालीन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहकारी विकास बोर्डको सदस्यसचिव समेत बनेका थिए ।
त्यसपछि राप्रपाको जिल्ला अध्यक्ष हुँदै हाल राप्रपाको केन्द्रीय सदस्य रहेका विष्ट पछिल्लो निर्वाचनमा प्रदेशतर्फ समानुपातिक उम्मेदवार बनेका थिए । राप्रपा पृष्ठभुमी भएपनि संविधानको परिधिभित्र रहेर काम गर्ने विष्टको भनाइ छ ।
‘संविधानको परिधिभित्र रहेर काम गर्नुपर्छ । सभामुख निर्वाचित भएको खण्डमा म पार्टीका जिम्मेवारीमा रहन्न’, विष्टले भने, ‘पार्टीले गर्ने काम पार्टीले गर्छ मैले गर्ने काम म गर्छु ।’
कोशी प्रदेशमा माओवादी केन्द्रका बाबुराम गौतमले गत साउन महिनामा राजीनामा दिएपछि सभामुख पद रिक्त छ । त्यसबेला सत्ता गठबन्धनमा सरकारलाई बहुमत पुर्याउन गौतमले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण