विनोदको फिल्म ‘भूठान’मा हलिउड अभिनेता ब्रुस डर्नको अभिनय
काठमाडौँ । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘भूठान : द वल्र्डस ह्याप्पिएस्ट म्यान’मा हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहने भएको छ । दुईपटक ओस्कार मनोनीत अभिनेता अव हरिवंश आचार्य र दयाहाङ राईसँगै फिल्ममा देखिनेछन् ।
ब्रुस डर्नले नेपाली फिल्म अभिनय गर्न लागेको भेराइटी म्यागजिनले जनाएको छ । अहिले अमेरिकामा छायाङ्कन भइरहेको फिल्म नेपालबाट अमेरिका गएर पेन्सिलभेनिया र ओहायो क्षेत्रमा बसोबास गरेका नेपालीभाषी भुटानीको कथामा बन्न लागेको हो ।
पौडेलले यस अगाडि फिल्म ‘बुलबुल’ निर्देशन गरेका थिए । यो फिल्मले दर्शक तथा समीक्षक सबैबाट तारिफ पाएको थियो । फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका थियो ।
‘भूठान : द वल्र्डस ह्याप्पिएस्ट म्यान’ नेपाल र अमेरिकाको निर्माताको संयुक्त रहनेछ । फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापासँगै एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ हुन् । फिल्मको निर्देशक विनोदले केही अगाडि घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण