नवलको प्रश्न : ‘काँडेतार’को विशेष प्रदर्शनमा रोक किन ?
काठमाडौँ । नायक, निर्माता तथा निर्देशक नबल खड्काले आगामी २८ गते शनिवार वीरगन्जमा हुन लागेको फिल्म ‘काँडेतार’को विशेष प्रदर्शनमा रोक लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्म देशभक्तिपूर्ण भएकोले रोक लगाइएको जिकिर गरेका छन् । उनले फिल्म प्रदर्शनमा कसले रोक लगाएको हो भन्नेबारे केही नखुलाए पनि थप विवरण प्रेस मिटमार्फत सार्वजनिक गर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वीरगन्जमा पुस २८ गते देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को विशेष च्यारिटी गर्न नदिन रोक लगाइएको छ । यसको विस्तृत जानकारी प्रेस मिट मार्फत गराउने छौँ ।’ नवलले त्यसबाट दर्शक, शुभचिन्तक, वीरगन्जवासी दाजुभाइ दिदीबहिनीमा पर्न गएको असुविधा प्रति क्षमा समेत मागेका छन् ।
‘काँडेतार’ नेपाल सरकारको चलचित्र सेन्सर बोर्डबाट सेन्सर पास फिल्म हो । नबल सहित गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरू नादिया खड्का, सनया खड्का लगायतको फिल्ममा अभिनय छ ।
नेपाल र भारतको खुला सिमानामा ‘काँडेतार’ लगाउनु पर्छ भन्ने विषयवस्तु उठाइएको श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् ।
तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अन्जु केसी निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता नवलकी पत्नी गायिका सत्यकला राई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण