‘गाउँ आएको बाटो’ युरोपको ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा
काठमाडौँ । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ युरोपको महत्त्वपूर्ण चलचित्र महोत्सव ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ स्वीडेनमा छनौट भएको छ । फिल्मको युरोपियन प्रिमियर पनि यही महोत्सवमा हुनेछ ।
गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबैभन्दा ठुलो महोत्सव मात्र नभएर युरोपको पनि महत्त्वपूर्ण चलचित्र महोत्सव हो । महोत्सव २०२४ जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्नेछ ।
फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई ,सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय समेटिएको छ । यस अगाडि फिल्म टोरोन्टो चलचित्र महोत्सवमा प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एसियन प्रिमियर, मामी मुम्बईमा पनि देखाइएको थियो ।
राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यो फिल्म बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको छ । फिल्म छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । बाँसुरी फिल्मस्को संयोजन रहको फिल्म नेपालमा नयाँ वर्षको जेठ १८ बाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण