२७ वर्षपछि फिल्ममा सँगै काम गर्दैछन् सलमान र सनी
नयाँदिल्ली । गत वर्ष सनी देओलले बलिउडमा शानदार कमब्याक गरे । गदर–२ को लोभलाग्दो सफलतापछि सनी आफ्ना फ्यानहरूको मनोरञ्जनका लागि नयाँ फिल्म लिएर आउँदै छन् । हालैका दिनमा सनी आफ्नो आगामी फिल्म सफरको सुटिङमा व्यस्त छन् । फिल्मको अधिकांश हिस्सा सुट भइसकेको छ । बाँकी हिस्सा पनि मुम्बईमा सुट भइरहेको छ ।
यो फिल्ममा सलमान खानले पनि काम गर्ने खबर आएको छ । इन्डिया टुडेमा छापिएको समाचारका अनुसार सलमानले छिटै सफरमा आफ्नो खास क्यामिओ सुट गर्दैछन् । सनीको सफरका लागि सलमानले मुम्बईमा २ दिनसम्म सुट गर्ने बताइएको छ । सुट दिनको समयमा हुने र यो सुटिङ महबूब स्टुडियोमा हुने तय भएको छ । यो फिल्ममा काम गर्छु भनेर सलमानले पहिला नै कमिटमेन्ट दिइसकेका थिए ।
सनी र सलमानले २७ वर्षपछि स्क्रिन शेयर गर्न लागेका हुन् । यसअघि यी दुईले सन् १९९६ को फिल्म जितमा सँगै काम गरेका थिए । यो फिल्ममा यी दुईको साथमा करिश्मा कपूर पनि थिइन् । २००८ मा आएको फिल्म हिरोजमा पनि दुवै स्टार्स थिए । तर यो फिल्ममा दुईले स्क्रिन शेयर गर्ने मौका पाएनन् ।
सफर बाहेक सनीको हातमा अहिले अरू दुई ओटा प्रोजेक्ट पनि छ । अमिर खानको प्रोडक्सनमा सनी लाहौर १९४७ मा काम गरिरहेका छन् । उनीसँग ‘बाप’ नामक फिल्म पनि छ । केही अघि भने सनी नितेश तिवारीको रामायणमा हनुमानको भूमिकामा देखिन सक्ने खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण