कानुन निर्माणमा स्थानीय तह पनि सक्षम हुन आवश्यक : सभामुख घर्ती
बुधबार, २५ पुस २०८०, १९ : ५१

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन आवश्यक रहेको बताएका छन् । बुधबार बुटवलमा भएको लुम्बिनी प्रदेशसभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनी र संवैधानिक व्यवस्था अनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य गरिएको बताए ।
सभामुख घर्ती मगरले विकास निर्माणसँगै कानुन निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संवेदनशील बन्नु पर्ने बताए । प्रदेशसभा र स्थानीय तहबिच अन्तरसम्बन्ध स्थापित गरी सुशासन कायम गर्न र जनमैत्री काम गर्न सकिने उनले बताए ।
उपसभामुख मेनुका खाणले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्यौँ र संसद् खोलियो’
-
न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरूको आपत्ति
-
हाँडीगाउँमा बृहत् रक्तदान
-
सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु