२० वर्षपछि फिल्ममा फर्किँदै पूजा
काठमाडौंँ । अभिनेत्री पूजा चन्द अभिनयमा फर्किने भएकी छिन् । करिब २० वर्षपछि उनी अभिनयमा फर्किन लागेकी हसन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक निर्देशक विनोद पौडेलले गरेका हुन् । पौडेलले निर्देशन गरिरहेको हाल अमेरिकामा छायांकनरत फिल्म ‘भूठान’ (द वल्र्डस् ह्याप्पिएस्ट म्यान)मा उनको अभिनय रहनेछ ।
एक समयकी चर्चित नायिका पूजा विगत १९ वर्षदेखि अमेरिकामा छिन् । अमेरिका पलायनभएपछि उनको फिल्मसँग दुरी बढेको थियो । पछिल्लो पटक उनी सन् २००४ मा आएको फिल्म ‘मनको टुक्रा’मा देखिएकी थिइन् । फिल्मको छायांकन र वर्कसप अमेरिकामा एकसाथ चलिरहेको छ । पूजा भने केही दिनपछि फिल्म छायांकनमा जुट्नेछिन् । पहिलोपटक फिल्म वर्कसपको अनुभव लिएकी पूजाले वर्कसपमा नयाँ अनुभव गर्न मिलेको बताएकी छन् ।
‘अब म निरन्तर फिल्म गर्नेछु । अरु एक÷दुईवटा फिल्ममा कुरा पनि भैरहेको छ । जुलाईमा म नेपाल जाँदैछु । स्क्रिप्ट र रोल राम्रो भयो भने नेपाल बसाईंको क्रममा फिल्म गर्नेछु,’ उनले भनेकी छन् । मिलेसम्म अब अभिनयलाई निरन्तरता दिने सोच उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण