गोरुसिङ्गे–सन्धिखर्क सडक कालोपत्र गरिँदै

अर्घाखाँची । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्नेगरी काम अघि बढेको हो ।
गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर रहेको छ । गोरुसिङ्गेबाट पिरापानीसम्म झण्डै १५ किमी सडक विस्तार तथा मर्मतको काम सम्पन्न भइसकेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी रहेको सडकमा पाँच निर्माण कम्पनीले काम गरिरहेका छन् ।
यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १८ किमी सडकमा नयाँ कालोपत्र गरिने भएको इन्जिनियर पाण्डेले बताए । सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड–खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको उनको भनाइ थियो । यस आवमा रू ३३ करोड लागतमा सडक निर्माण तथा मर्मत भइरहेको शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार