नेपालमा पहिलोपटक ३ वर्षीय बालकमा सफल कलेजो प्रत्यारोपण
शुक्रबार, २७ पुस २०८०, २१ : ५९
काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज डा.पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोपण भएको छ । पर्साको वीरगन्जका ३ वर्षीय बालकमा कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन् ।
प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । यसै क्रममा आजसहित केन्द्रमा ४ दिन लगातार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण