स्थायी कमिटी बैठकअघि माओवादीको पदाधिकारी बैठक
शनिबार, २८ पुस २०८०, १२ : २०

काठमाडौँ । पार्टीको विधान संशोधनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ । पार्टीको स्थायी कमिटी बैठक अघि पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
विधान संशोधनको मस्यौदा स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ । पदाधिकारीपछि मस्यौदामाथि स्थायी कमिटीमा छलफल हुनेछ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।
आजको बैठकमा यसै विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले रातोपाटीलाई बताए । आजको बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको पनि समीक्षा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण