राष्ट्र बैंकले आज १५अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
आइतबार, २९ पुस २०८०, १० : ३१
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १५ अर्ब७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ २ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने गरी दुई किसिममा कूल १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, नयाँ नभएर सबै पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको बैंकले जनाएको छ । बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ८ अर्बरुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ७ अर्ब७० करोड रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २३ गते १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण