शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज १५अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, २९ पुस २०८०, १० : ३१
आइतबार, २९ पुस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज  १५ अर्ब७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ २ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने गरी दुई किसिममा कूल १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

यद्यपि, नयाँ नभएर सबै पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको बैंकले जनाएको छ ।  बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ८ अर्बरुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ७ अर्ब७० करोड रुपैयाँ छुट्याइएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २३ गते १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप