शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

मङ्गलबार, ०२ माघ २०८०, ११ : ५३
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनी भञ्याङ बस्ने ४६ वर्षीय विष्णुमान वाइबा सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोला बस्ने ३५ वर्षीय मनी सुनार सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुर, मनहरि गाउँपालिका–६ कत्लेखोला बस्ने ५२ बर्सिया प्रितीमाया मोक्तान आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । 

सुर्खेत, पंचपुरी नगरपालिका–६ कुवापानी बस्ने १८ वर्षीय भरत बुढा घरसँगै रहेको बाख्राको खोर नजिकै गएराति मृत अवस्थामा फेला परेका छन् । उनको शरीरका विभिन्न भागमा चोट देखिएको छ । साथै उनकी १५ बर्सिया बहिनी सामान्य घाइते अवस्थामा फेला परेकी छन् । 

उनको घरमा अपरचित व्यक्ति आई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ संलग्न व्यक्तिको खोजी तथा अनुसन्धानको लागि कुकुरसहितको प्रहरी टोली खटिगएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप