विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
मङ्गलबार, ०२ माघ २०८०, २१ : ५६

मोरङ । शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।
चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अञ्जिला’ले अहिलेसम्म कति कमायो ?
-
२५ करोड बराबरको युरो र डलर बोकेर सुन किन्न केरुङ जाँदै थिए ‘फुच्चे’
-
१४४ वर्ष पुरानो क्लबमा ७० वर्षपछि फर्किएको खुसी
-
रवि ओड अभिनित ‘द्रौपदी’ ले पायो युनिभर्सल सर्टिफिकेट, सबैले हेर्न पाउने
-
महेन्द्र मोरङ क्याम्पसमा स्ववियु चुनाव : २ बजेसम्म २ हजार २५ मत खस्यो
-
मिर्गौलाको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने १० खानेकुरा