मुलुकमा दलहरूबिच सहमति र सहकार्य आवश्यक : सिटौला
धनकुटा । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबिच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् । संविधान निर्माण भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबिच सहमति र सहकार्य आवश्यक रहेको बताए ।
बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठुला–ठुला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए । ‘मुलुकमा यति ठुलो राजनीतिक परिवर्तनपछि हामीले ठुलो सङ्घर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबिच सहकार्य र एकता आवश्यक हुन्छ ।’ उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार चम्पादेवी कार्कीले राष्ट्र निर्माणमा सबैै एक भएर लाग्नु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण