हिल्साका बासिन्दाले नेपालसँग जोडिदेऊ भनेका छन् : सांसद गैरे
काठमाडौँ । सांसद राजेन्द्रलक्ष्मी गैरेले कर्णालीको हिल्सा क्षेत्रमा आफूहरू अनुगमनका लागि पुग्दा त्यहाँका जनताले हामीलाई नेपालसँग जोडिदेऊ भनेको बताएकी छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले कालिगण्ड्की कोरिडोरमा बुरिंताल क्षेत्रमा पहिरोले धेरै सास्ती दिएको बताउँदै त्यसको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । उनले शिद्दवाबा क्षेत्रलाई पनि व्यवस्थित बनाउनुपर्ने बताइन् । सांसद गैरेले काली गण्डकीमा बनाइएका संरचना पनि बलियो नभएको बताइन् । उनले भनिन्– ‘पाल्पामा राम्दिदेखी रानीमहलसम्म अवरुद्ध छ। रानी महललदेखि रिडीसम्म राम्रो छ। अर्थमन्त्रीलाई पनि मैले बजेट ल्याउने बेला बजेटमा विभेद गर्नुभयो भनेकी थिएँ।’
सांसद गरैले तानसेनमा घरभित्र पानी छिरेर त्यहाँका बासिन्दा रातभरी निदाउन नसक्ने बताइन् । ‘काली गण्डकीमा ढुङ्गा, गिट्टी झिक्ने कुरा मिलाउनुपर्यो। तानसेनमा घरभित्र पनि पानी छिरेर त्यहाँका बासिन्दा रातभरि निदाउन पाउँदैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण