टाइगर श्राफलाई लिएर एक्सन फिल्म बनाउँदै छन् कबीर खान
नयाँ दिल्ली । बलिउडका यङ्ग एक्सन स्टार टाइगर श्राफका फ्यानका लागि पछिल्ला केही समय सम्झन लायक रहेन । टाइगरको फिल्म उनीहरूले सोचेजस्तो भएन । टाइगर एक पटक फेरि धमाकादार इन्ट्रीका लागि तयारी गरिरहेका छन् । उनको आगामी फिल्म अक्षय कुमारको साथमा ‘बडे मियाँ छोटे मियाँ’ हो । यो फिल्म निकै रोमाञ्चक हुने देखिएको छ । टाइगरको नयाँ फिल्मबारे पनि हल्ला चलिरहेको छ ।
सलमान खानसँग एक था टाइगर र बजरंगी भाइजान जस्ता जबरजस्त हिट दिएका निर्देशक कबीर खानले टाइगरसँग नयाँ फिल्ममाथि छलफल शुरु गरेका छन् । हिन्दुस्तान टाइम्समा छापिएको खबरका अनुसार कबीर र टाइगरबिच नयाँ प्रोजेक्टबारे छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको छ । खबरका अनुसार यो फिल्म टाइगरको एक्सन इमेजसँग ठ्याक्कै मेल खाने खालको छ ।
‘कबीर आफ्नो नयाँ प्रोजेक्टमा टाइगरलाई कास्ट गर्न चाहन्छन् । अनि उनीसँग सक्रिय रुपमा छलफल भइरहेको छ । यो फिल्मको काहानीबारे धेरै कुरा बाहिर आएको छैन । तर यो उत्तरपूर्वमा सेट हुने एक्सन प्रोजेक्ट हुनेछ ।’ सूत्रलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । कबीरले टाइगरका लागि सोचेको रोल उनको विद्यमान छवि सुहाउँदो भएको बताइएको छ । टाइगरले यो फिल्ममा साइन गरिसकेका छैनन् । यसबारे छलफल जारी छ ।
यो फिल्मको कहानी बजरंगी भाइजान लेखेका वी. विजयेन्द्र प्रसादले लेखिरहेको बताइएको छ । प्रसाद भारतीय सिनेमाका सर्वाधिक नाम चलेका लेखकमध्ये एक हुन् । उनी साउथका चर्चित निर्देशक एस एस राजामौलीको पिता हुन् । राजामौलीका फिल्म बाहुबली र आरआरआरको कहानी पनि प्रसादले नै लेखेका हुन् । प्रसादले बजरंगी भाइजानको कहानी राजामौलीलाई सुनाएका थिए । तर उनी त्यतिबेला बाहुबलीमा व्यस्त थिए । छोराले नभ्याउने भएपछि उनले यो कहानी कबीर खानलाई दिए । बजरंगी भाइजान सलमानको करियरको सबैभन्दा ठुलो हिट बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण