सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

बिहीबार, ०४ माघ २०८०, १३ : १६
बिहीबार, ०४ माघ २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका ८, स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।
 विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको बैंकको भनाइ छ ।  विद्यालयमा अयोजित एक कार्यक्रमका बीच कक्षा नर्सरीदेखि कक्षा १० सम्मका १९१ विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो । 

यसका साथै सिटिजन्स बैंक कालिकानगर शाखा , बुटवलले पनि स्थानीय श्री मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । 

कार्यले चिसो मौसममा उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप