यूरोपमा नयाँ मोडेलका विद्युतीय कारको बिक्रीमा सुधार
पेरिस । सन् २०२३ मा यूरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘यूरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ ।
एसोसिएसनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ भने नयाँ कारको कूल बिक्रीमा १४.६ प्रतिशतले वृद्धि भएको छ ।
यो आँकडा सन् २०२२ को तुलनामा कूल बिक्रीमा निकै कमी हो । गत वर्ष नयाँ सवारी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ ।
कार कम्पनीहरूले जीवास्म इन्धन जलेर चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्ध रूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ ।
गत वर्ष हाइब्रिड कारको बिक्री पनि करिब ३० प्रतिशतले बढेको थियो ।
यद्यपि, पेट्रोल कारहरू अझै पनि नयाँ वाहन बजारको एक ठूलो हिस्सा रहेको छ । पेट्रोल कारको बजारले गत वर्ष यूरोपभरको बिक्रीको ३५.३ प्रतिशत अर्थात् ३७ लाख कारहरूको विक्रीको प्रतिनिधित्व गरेको थियो ।
भोल्क्सवागनले सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी अर्थात् २८ लाख नयाँ कार बिक्री गरेको उक्त कम्पनीले जनाएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण